अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदीप ज्ञवालीको प्रश्न: ‘प्रधानमन्त्रीज्यू लडाकु शिविरको छानबिन गर्नसक्ने आँट छ ?’

प्रदीप ज्ञवालीको प्रश्न: ‘प्रधानमन्त्रीज्यू लडाकु शिविरको छानबिन गर्नसक्ने आँट छ ?’


कैलाली-नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न चुनौती दिनु भएको छ। मुलुकमा भएका ठूला भ्रष्टाचार काण्डहरु छानबिन गर्न एमाले तयार भए पनि त्यसका लागि वर्तमान सरकार तयार नभएको उहाँको जिकिर छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले सरकारले प्रचारात्मक काम बढी गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्ने प्रचण्डलाई चुनौती दिनु भएको हो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आँट छ ?’

उहाँले २२ पटक सम्म सुन छाडेर २३ औँ पटकमा पक्राउ गरेको भन्दै त्यसमा पनि सरकारको कमजोरी रहेको बताउनु भयो ।

‘२३ औँ पटकमा पक्राउ गरिएको रहेछ। २२ पटक सम्म त छुट्यो नि ! ८ दिन पछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ?’ उहाँले भन्नुभयो, ‘२२ पटक सम्म सुज तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को को हुन्। खोज्नु पर्दैन?’

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराको बुवा छोराको नाम पनि सुन तस्करीमा नाम जोडिँदा सरकारले छानबिन गर्न हिम्मत नगरेको उहाँले बताउनु भयो।

सत्ता टिकाउनको लागि सत्ता गठबन्धनले घटिया काम गर्न पनि पछि नपरेको उहाँले आरोप लगाउनु भयो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको भन्दा भारतको बढी हित भएको उहाँले बताउनु भयो।