अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरिँदै

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरिँदै


झापा-दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि भिडियोमा देखिएको कोठामा रङरोगन गर्न लगाउनु भएको छ।

उहाँले प्रमाण नष्ट गर्न आफ्नो बेड रुममा रङाइएको हरियो रङमा पहेला (गेरु) रङ लगाएका हुन् । पहिलो पटक रङ कोडिङ गर्दा पहिलोको हरियो रङ पनि हल्का देखिएको छ। भिडियोमा देखिएको एसीले भने कोठा नगरकै क्वार्टर भएको पुष्टि गर्छ। क्वार्टरभित्रै ‘गर्ल फ्रेन्ड’ राखेर अनैतिक गतिविधि गर्दै आएका उहाँको भिडियो टिकटक लाइभमार्फत बाहिरिएको थियो।

गल्ती ढाकछोप गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरकै बजेट दुरुपयोग गरेर क्वार्टरमा रङरोगन गरेर प्रमाण नष्ट गर्न सुरु गरेका हुन् । भिडियोमा देखिएको कोठा नगरको क्वार्टर नभई काठमाडौंको एक होटल भएको दाबी गर्दै आएका निरौलाले क्वार्टर नभएको पुष्टि गर्न रङरोगन गरेका हुन् ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी महिला टिकटक लाइभ बसेकी थिइन्। उनले त्यहाँ आएका प्रतिक्रियाहरूको जवाफ समेत दिएकी छन् । त्यस क्रममा प्रशासकीय अधिकृत निरौलाले उनलाई स्पर्श र चुम्बन गरेको भिडिओमा देखिन्छ। उनीहरूको संवादले अन्तरंग सम्बन्धमा छन् भन्ने अनुमान गर्न सकिन्छ । उनले म हस्बेन्डसँग छु भनेको पनि सुनिन्छ। यद्यपि, उनीहरु पतिपत्नी होइनन् ।

भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका कर्मचारीले बताएका छन् । निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गर्नु भयो ।

नगर प्रमुख रामकुमार थापाले घटनाबारे नबोल्ने भन्दै पन्छिनु भयो।