अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शीर्ष तीन नेताबीच बालुवाटारमा छलफल

शीर्ष तीन नेताबीच बालुवाटारमा छलफल


काठमाडौँ-प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन र कोशी सरकार गठनको बारेमा गठबन्धनसहित प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गर्नु भएको हो ।

आइतबार बिहान बालुवाटारमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द आचार्यले जानकारी दिनु भयो । 

साउन २० गतेबाट प्रधानन्यायाधीशको पद रिक्त हुँदैछ। प्रधानमन्त्रीले यसबारेमा गठबन्धन र प्रमुख प्रतिपक्षीसहितका नेताहरूसँग छलफल गरेको आचार्यले बताउनु भयो।