अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण


जनकपुरधाम-नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ।

आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेको हो।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दैै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाउनु भयो। 

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।