अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउन सदस्यहरुको माग

दमकका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउन सदस्यहरुको माग


बिर्तामोड-दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौलालाई कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश तथा हाजिरमा रोक लगाउँदै कारबाहीको माग गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको क्वाटरभित्र एक महिलासँगको अनैतिक भिडियो सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले कारबाहीको माग गरेका हुन् । उक्त घटनाले आम नागरिकको ध्यानाकर्षण भएको बताउँदै कार्यपालिका सदस्यहरुले तत्कालि बैठक बोलाउन माग गर्दा नगर प्रमुखले वेवास्था गरेको उनीहरुको आरोप छ।

नगर प्रमुख रामकुमार थापाले घटना ढाकछोपमा लागेको उनीहरुको आरोप छ। अनैतिक भिडियोले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन्।