अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले स्रष्टासँग खीर दिवस मनाउने, अध्यक्ष ओलीले पुस्तक विमोचन गर्नुहुने

एमालेले स्रष्टासँग खीर दिवस मनाउने, अध्यक्ष ओलीले पुस्तक विमोचन गर्नुहुने


काठमाडौँ-नेकपा एमालेले आज स्रष्टासँग खीर दिवस मनाउने भएको छ । 

साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ का अवसरमा एमालेले आज दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालयमा स्रष्टासँग खीर दिवस मनाउने भएको हो । 

सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पुस्तक विमोचन गर्ने कार्यक्रम समेत रहेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । खीर खाने कार्यक्रममा पार्टीका अन्य नेताहरु पनि सहभागी हुने सचिव अधिकारीले बताउनुभयो । 

वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।