अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । 

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ । 

अर्थ समितिमा मिति २०८० असार २१ गतेको बैठकको निर्णयानुसार समितिमा प्राप्त विवरणमाथि कृषि तथा पशुपंक्षी विकासमन्त्री, अर्थ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र लगानी बोर्डसँग विस्तृत छलफल हुनेछ । 

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा पन्ध्रौँ योजनाका समीक्षा तथा उपलब्धिहरु, सोह्रौँ योजना तयारीका सम्बन्धमा छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० मा सरोकारवालाहरूसँग छलफल हुनेछ ।