अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले भन्यो–संसद् अवरोध सरकारमा भरपर्छ

एमालेले भन्यो–संसद् अवरोध सरकारमा भरपर्छ


काठमाडौँ–नेकपा एमालेले संसद् अवरोध सरकारमा भरपर्ने बताएको छ । एमाले प्रमुख सचेतक पदम राज गिरीले संसद् अवरोध सरकारमा भरपर्ने बताउनु भएको हो । 

उहाँले एमालेले भन्दा पनि सरकारले गर्दा संसद् अवरोध हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले के गर्छ त्यसमा भरपर्छ ।’

प्रमुख सचेतक गिरीले सरकारले एमालेको माग सम्बोधन नगरे संसद् अवरोध हुने बताउनुभयो । एमालेले अवैध सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको पनि संलग्नता रहेकाले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । 

त्यस्तै एमालेले अवैध सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ । तर सरकारले त्यसमा कुनै वास्ता नगरेकाले एमालेले संसद् अवरोधको तयारी गरेको उहाँले बताउनुभयो । 

यसअघि यही साउन १० गते बसेको प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरोध गरेको थियो ।