अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद्को अवरोध हटाउनेबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद्को अवरोध हटाउनेबारे छलफल


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो । 

संसद्को अवरोध हटाउने विषयमा छलफल भएको बताइएको छ । यस्तै मंगलबार बस्ने संवैधानिक परिषद् बैठकको विषयमा पनि छलफल भएको जनाइएको हो । 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आइरहेको छ । एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने बताएको छ ।

सो अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको बताइएको छ ।