अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन काण्डको छानबिन नहुँदासम्म एमालेले संसद् चल्न नदिने

सुन काण्डको छानबिन नहुँदासम्म एमालेले संसद् चल्न नदिने


काठमाडौं-नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ। त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राख्नुभयो थियो । तर, उहाँबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गर्नुभयो ।’

उहाँले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताउनु भयो । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ। एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान गर्नु भएको छ।