अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसरी सुनाउनुभयो अध्यक्ष ओलीले अरस्तुको कथा

यसरी सुनाउनुभयो अध्यक्ष ओलीले अरस्तुको कथा


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अरस्तुको कथा सुनाउनु भएको छ।

नेकपा एमाले साहित्य कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको सोमबार भएको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले अरस्तुको कथा सुनाउनु भएको हो।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताउनु भयो।  

अध्यक्ष ओलीले सबै मुहान फोहोर नभएको पनि बताउनु भयो । अरस्तुले दाँत गनेजस्तो हुनु नहुने भन्दै उहाँले अरस्तुको कथा सुनाउनु भयो । 

यसरी सुनाउनु भयो ओलीले अरस्तुको कथा: 

अरस्तुको दुईवटा श्रीमती रहेछन्, एउटी जेठी, अर्की कान्छी श्रीमती । २१ वर्षदेखि ३१ वर्षमा मात्रै बुद्धि बंगारो पलाउँछ । तर बुढाले कान्छी श्रीमती २० वर्षकी ल्याएछन् । अरस्तु जेमा पनि जिज्ञासा राख्ने, जेमा पनि बुझ्न खोज्ने । आफ्ना दाँत छामे के गरे ऐनामा हेरेर गनेहोलान् ३२ वटा छन् । महिलाका दाँत कतिवटा हुन्छन् भनेर उनलाई गन्न र हेर्न मन लाग्यो । अनि ए कान्छी यहाँ आउत भनेर दाँत गने २८ वटा मात्र छन् । अनि बुढाले लेखिहाले महिलाका दाँत २८ वटा भनेर । २१ वर्षपछि मात्र बुद्धि बंगारो पलाउँछ भन्ने याद नराख्दा वा जेठी श्रीमती पनि बोलाएर दाँत नगन्दा नेता सप्रिएनन् भने जस्तो हुन्छ क्या ! बिग्रेकै छैनन् नि कतिपय नेता त । त्यसकारण म सर्जक साथिहरुलाई के आग्रह गर्न चाहन्छु भने कान्छी श्रीमतीमात्रै बोलाएर उनको मात्रै दाँत गनेर महिलाका दाँत २८ वटा हुन्छन् भनेर नलेख्नु । अरस्तुले जेठीको दाँत नगन्दा यर्थाथ आएन । कतिपय नेता बिग्रिए भन्नुपर्‍यो। बिग्रनेहरूले अरु पनि म जस्तै हुन् भनेर कराए होला तर सबै नेता बिग्रिएका होइनन् ।