अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने

संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने


काठमाडौँ-संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ। मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिनु भयो ।  

सम्भवतः मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्नेछ। र त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ । यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्नु भएको थियो। मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको थियो । त्यो बेलादेखि मस्यौदा अघि बढ्न सकेको थिएन। 

पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताउनु भएको थियो । त्यसपछिका शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर त्यसमा परिमार्जन गर्नु भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताउनु भएको थियो । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।