अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलीसम्मको समय मागेको छ: गोकुल बाँस्कोटा

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलीसम्मको समय मागेको छ: गोकुल बाँस्कोटा


काठमाडौं-नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलवार सम्मको समय मागको बताउनुभएको छ। 

सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मङ्गलवार सम्मको समय माग गरेकाले आजको प्रतिनिधि सभा बैठक बस्न नसकेको बताउनु भयो। उहाँले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद् सुचारु हुने बताउनु भयो । उहाँले सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘सरकारले भोलीसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न। भोलि बनायो भने संसद् चल्छ । सरकारले अविलम्ब उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिऔँ। की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ।’
सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताउनु भयो।