काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरू अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताउनुभएको छ।
सोमवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको बताउनु भयो । उहाँले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘किन छानबिन समिति बनाउन चाहन्न सरकार भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाई प्रोफाइलका कर्मचारी नेताहरू तानिन सक्छन्। त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई तस्करको अखडा बनाउन चाहँदैनौँ। अन्तर्राष्ट्रिय स्तरमा नेपाल बदनाम भएको छ। नेपाल तस्करीको हब बन्दैछ, यो कुरा रोक्नुपर्छ।’
प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको हब बन्न लागेको भन्दै दुःख व्यक्त गर्नुभयो।
प्रतिक्रिया