अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेइमान दुई पटक मर्छ,एक पटक इमान छोडेको बेला,अर्को सास गएको बेला : अध्यक्ष ओली

बेइमान दुई पटक मर्छ,एक पटक इमान छोडेको बेला,अर्को सास गएको बेला : अध्यक्ष ओली



काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेइमानहरु दुई पटक मर्ने बताउनुभएको छ ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । ‘बेइमानहरु एक पटक इमान छोडेको बेला मर्छन् अर्को पटक सास गएको बेला मर्छन् ’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले कतिपय मिडियाहरु झुट उत्पादन गर्ने कम्पनीको रुपमा रहेको बताउनुभयो । ‘कतिपय मिडिया झुट उत्पादन गर्ने कम्पनीको रुपमा छन् ’ अध्यक्ष ओलीले भन्नुभयो ‘एमालेका कार्यकर्ताले त्यसलाई टुलुटुलु हेरेर बस्ने होइन प्रतिवाद गर्ने हो । ’
अध्यक्ष ओलीले मिडियामा लैजानका लागि खास विषयवश्तु आवश्यक पर्ने बताउनुभएको छ । ‘एमालेका पत्रकारहरु,एमालेका लेखकहरुले लेखेका समाचार,बिचार छापौं छापौं लाग्ने,पढौं पढौं लाग्ने हुनु पर्दछ’ ओलीले भन्नुभयो ‘यसो भएपछि एमालेका बिचार सिद्धान्त कार्यक्रम सजिलै जनतासम्म पुग्दछन् । यसमा प्रचार विभागका सदस्यहरु आफ्नो दक्षता र विज्ञता देखाउनु पर्दछ ।’
एमालेका सबै विभागहरुले अहिले व्यवस्थित र योजनाबद्ध ढंगले काम गरिरहेको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले सुन तस्करी सरकारकै वरीपरी घुमिरहेको बताउनुभएको छ ।