अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सुन तस्करको सुई माओवादीका नेतातिरै सोझियो : नेता रिजाल

अवैध सुन तस्करको सुई माओवादीका नेतातिरै सोझियो : नेता रिजाल


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले अवैध सुन तस्करको सुई नेकपा माओवादीका नेतातिरै सोझिएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेतातिरै सोझिएको बताउनुभएको हो । 

पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बसउठ, नाता सम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ, उहाँले लेख्नुभएको छ, छानबिन गर्ने/नगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुबिधा रहेन । 

नेता रिजालले अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र नभई न्यायिक आयोग गठन गरेर छानबिन गर्नुपर्ने बताउनुभयो ।