अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गरिने

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गरिने


काठमाडौँ-आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो । 

प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।