अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को अवरोध हटाउन सभामुखले बोलाउनुभयो कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद्को अवरोध हटाउन सभामुखले बोलाउनुभयो कार्यव्यवस्था परामर्श समितिको बैठक


काठमाडौँ-सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग फोन वार्तापछि दिउँसो १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो । 

सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । निरन्तर संसद् अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो । 

सभामुख घिमिरेले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो । सभामुखले सदन अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत छलफल गर्नुभएको थियो ।