अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सुन तस्करी प्रकरण : एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने 

अवैध सुन तस्करी प्रकरण : एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने 


काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद् अवरोध गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधिसभाको बैठक एमाले अवरुद्ध गर्ने भएको हो ।

एमाले सचेतक महेश बर्तौलाले सरकारले अवैध सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म संसद् अवरुद्ध हुने बताउनुभयो । यसअघि हिजो पनि संसद् खुलाउने विषयमा सहमति नभएपछि सूचना टाँसेर स्थगित भएको थियो । 

प्रमुख सचेतक बर्तौलाले एमालेले संसद् खुलाउन चाहेपनि सरकारले नचाहेको बताउनुभयो । एमालेले साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 

सदन खुलाउनेबारे हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक नभएको एमालेले जनाएको छ । 

यस्तै संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाउनु भएको छ । सो बैठक दिउँसो १२ बजे बस्ने भएको हो ।