अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस त्याग्ने क्रम जारी,केन्द्रीय सदस्य डिल्ली उप्रेती एमालेमा प्रवेश

नेकपा एस त्याग्ने क्रम जारी,केन्द्रीय सदस्य डिल्ली उप्रेती एमालेमा प्रवेश


भक्तपुर-सर्लाहीका पूर्वसाँसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किनुभएको छ ।

सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमाले सर्लाहीका नेता चूडामणि वाग्लेलेजानकारी दिनुभयो । एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवासबालकोटपुग्नुभएको थियो । त्यस क्रममा उप्रेतीले ओलीसँग १० मिनेट छुट्टै वार्तासमेत गरेको वाग्लेले जानकारी दिनुभयो ।

एमाले छाडेका उप्रेतीसहितका नेतालाई पुनः पार्टीमा फर्काउन पार्टीका मधेश प्रदेश इन्चार्ज तथा सचिव योगेश भट्टराई, एमाले सांसद हरिउप्रेती, ज्वाला साहलगायत नेताले पहल गर्नुभएको थियो ।

तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेती ०७४ को स्थानीय चुनावमा हरिवन नगरपालिकाको मेयरको टिकट नपाएपछिरूष्ट हुनुहुँथ्यो । सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा भने एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला माओवादीसहितको वाम गठबन्धनबाट उहाँ सर्लाही ३ (क) बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । गत ४ मंसिर०७९ मा एकीकृत समाजवादीबाट पुनः प्रदेश सांसदको टिकट पाएका उप्रेतीले चुनावमा पराजित हुनुभयो ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार उप्रेती माओवादी केन्द्रले साथ नदिँदा पराजित भएको बुझाइ छ । माओवादी केन्द्रबाट बागीउम्मेदवार बनेका जवाहरलाल कुशवाहासँग हारेपछि उहाँ एमालेसँग नजिकिनु भएको थियो ।