अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा सरकार गठनको दाबी गर्ने आज अन्तिम दिन

कोशी प्रदेशमा सरकार गठनको दाबी गर्ने आज अन्तिम दिन


विराटनगर- कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि तोकिएको समय आज अपराह्न ५ बजे सकिँदै छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया बदर गरिदिएर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र नयाँ सरकार गठनको दाबी पेस गर्न आव्हान गरेका थिए ।

खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।