अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सत्ता प्राप्तिका लागि असंवैधानिक ढंगले अगाडि बढेको छ: हिक्मत कार्की

कांग्रेस सत्ता प्राप्तिका लागि असंवैधानिक ढंगले अगाडि बढेको छ: हिक्मत कार्की


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराए असंवैधानिक र अमर्यादित ढंगले अगाडि बढेको बताउनु भएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले सभामुखलाई राजीनामा गर्न लगाएर अमर्यादित कार्य गर्न लागेको बताउनु भएको हो।

राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उहाँले बताउनु भयो ।

‘अहिलेको राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उहाँले भन्नुभयो, ‘कांग्रेस त्यो बाटो मै छैन, कांग्रेस असंसदीय मान्यता,असंवैधानिक काम, कानुनको सर्वाेच्चतालाई कुल्चिने काममा छ,  हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’