अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: कांग्रेस र एमाले मिलेर सरकार बनाउन अध्यक्ष लिङ्देनको आग्रह

कोशी प्रदेश: कांग्रेस र एमाले मिलेर सरकार बनाउन अध्यक्ष लिङ्देनको आग्रह


विराटनगर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गर्नु भएको छ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले अलग-अलग बस्दा मात्र राप्रपा निर्णायक हुने बताउनु भएको हो ।

‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु। तपाईंहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ उहाँले भन्नुभयो, ‘हामीले सरकार निर्माणको प्रक्रिया धाराहरुमा  राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । कांग्रेस र एमाले मिलेर सरकार चलाउनु भन्ने हाम्रो सुझाव हो ।’

उहाँले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्न सक्ने बताउनु भयो। ‘कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौँ । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ,’ लिङ्देनले भन्नुभयो, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ।’

अध्यक्ष लिङ्देनले सरकार बनाउन सभामुखलाई राजीनामा दिन लगाउनु उपयुक्त नहुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘सत्ता पक्षबाट सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ उहाँहरुले। एमाले एमालेले ज्येष्ठ सदस्यलाई उपस्थित गराउँछ त ? अनुपस्थित गराउने होला। राप्रपाको जेष्ठ सदस्यता होला, उसले पनि अनुपस्थित गराउँला। यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ।’