अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं: हिक्मत कार्की

कोशीका उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं: हिक्मत कार्की


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उपसभामुखको राजीनामा नआउने बताउनु भएको छ। उहाँले नेकपा एमालेले आफूबाट ‘मर्यादाहीन काम नहुने’ स्पष्ट पार्नुभयो ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले उपसभामुखलाई राजीनामा गर्न नलगाउने बताउनु भएको हो ।

‘सत्ता पक्षले संख्या पुर्‍याउनकै लागि सभामुखलाई राजीनामा गराउने काम मर्यादित भएन,’ उहाँले भन्नुभयो, ‘हामी उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं।’

आफूहरूले कांग्रेससँग मिलेर सरकार बनाउन प्रस्ताव गरेको कार्कीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ। एमाले र कांग्रेस मिलेर निकास दिनुपर्छ भन्ने आफूहरूको प्रस्ताव रहे पनि तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन।’

उहाँले केही समयपछि सच्चिएर कांग्रेस एमाले सँगसँगै अघि बढ्ने अवस्था बन्ने दावी गर्नुभयो ।

कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएका छन्।