अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका सभामुख गौतमले भन्नुभयो: उपसभामुखसमक्ष राजीनामा दिन्छु

कोशीका सभामुख गौतमले भन्नुभयो: उपसभामुखसमक्ष राजीनामा दिन्छु


विराटनगर-कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिन लागेको बताउनु भएको छ । काठमाडौंमा रहेका गौतम अहिले विरटनगर आइपुग्नु भएको छ।

गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भन्नुभयो, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु।’

गौतमले प्रदेशसभा सचिवालय पुगेर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाउने तयारी गर्नु भएको छ।