अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई बहुमत पुर्‍याउन कोशीका सभामुखको राजीनामा

गठबन्धनलाई बहुमत पुर्‍याउन कोशीका सभामुखको राजीनामा


विराटनगर-कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिनु भएको छ।

उहाँले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिनु भएको हो। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गाेतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताउनु भयो।  

गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताउनु भयो । उहाँले आफ्नाे राजीनामा निकास नभएको तर परिस्थितिवस राजीनामा दिएको बताउनु भयो।