अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो: महेश बर्तौला

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो: महेश बर्तौला


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ।

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्टयाउनु भयो।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताउनु भयो । अहिले छानविनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबिनको आवश्यक्ता औंल्याइरहेको उहाँको जिकिर थियो। 

सचेतक बर्तौलाले भन्नुभयो, ‘हामी राज्यको सबै अंगहरुलाई साथमा लिएर उच्चस्तरीय छानबिन समिति त्यहीँसँगै बसेर काम गर्ने हो। यो अर्को छुट्टै समिति भएपनि त्यहीसँग कोलाबोरेशन गरेर काम गर्छ। मैले यति भनौं– कतिपय हाई प्रोफाइलमा मानिसहरूको जे सङ्केत आइरहेको छ। त्यसमाथि उच्चस्तरकै छानबिन समिति भयो भने त्यो काम गर्न अहिले तपाईँले भनेको राजश्व अनुसन्धान विभागको कुरा होला। प्रहरीका सिविआई, अन्य इकाईहरु होला। यसलाई पनि सहयोग पुग्छ। उहाँहरूले पनि यो माग गरिरहनु भएको छ। जो अहिले अनुसन्धानको प्रक्रियामा खटिरहेको एजेन्सीहरू छ । उहाँहरूलाई पनि उच्चस्तरीय छानबिन समिति भइदियो भने हामीलाई यसको चाहिँ खास ठाउसम्म पुग्नका लागि, सबै नेक्ससहरू पहिचान गर्नका लागि काम लाग्छ, सहयोग पुग्छ भन्ने उहाँहरूले पनि ठान्नु भएको छ। सिङ्गो देशले मागिरहेको विषयमा सरकार डराई रहेको कारण चाहिँ के हो ? हामी छक्क परेका छौँ ।’

सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाउनु भयो।