अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लाग्यो : महासचिव पोखरेल

सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लाग्यो : महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले स्वाभाविक रूपमा राजश्व कम उठ्नुमा सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको बताउनु भएको हो । 

महासचिव पोखरेलले सरकारले नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले लेख्नुभएको छ,’यतिबेला स्वाभाविक रूपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नुको परिणाम हो । सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पुँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ । तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन ।’ 

महासचिव पोखरेलले अर्थतन्त्र सुधार गर्न सबै सरोकार पक्षको ध्यान जानु पर्ने बताउनुभयो ।