अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका ज्वाँईले तेस्रो पटक मन्त्री हुने इच्छा गरेपछि कोशीको माओवादीमा रडाको,रोकियो मुख्यमन्त्रीको सपथ

प्रधानमन्त्रीका ज्वाँईले तेस्रो पटक मन्त्री हुने इच्छा गरेपछि कोशीको माओवादीमा रडाको,रोकियो मुख्यमन्त्रीको सपथ


विराटनगर – नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका छोरी ज्वाँई जीवन आचार्यले कोशीको मन्त्रीमा तेहेरिने इच्छा प्रकट गर्दा माओवादीमा रडाको भएको भएको छ । अन्य नेताहरुले जीवनलाई रोकेर काँग्रेसका उद्ध्व थापाका लागि सभामुख पदको बलिदानी दिएका बाबुराम गौतमलाई मन्त्री बनाउन चाहेका छन् । तर जीवनले दुई पटक मन्त्री दोहोरिदा पनि ८ महिना पनि नपुगेको भन्दै अडान नछाडेपछि माओवादीले निर्णय गर्न सकेको छैन । माओवादीले मन्त्रीको नाम नदिएपछि साढे १०का लागि राखिएको मुख्यमन्त्रीको सपथ पनि रोकिएको छ ।
माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् ।

अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए । शपथ समारोहमा सहभागी हुन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की उपसभामुख सिर्जना दनुवारलगायतका अतिथि पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।