अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय समिति बैठकमा प्रचण्डले भन्नुभयो: माओवादी पार्टीजस्तो हुन सकेको छैन

केन्द्रीय समिति बैठकमा प्रचण्डले भन्नुभयो: माओवादी पार्टीजस्तो हुन सकेको छैन


काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताउनु भएको छ। बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता औँल्याउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु।’