अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन काण्डमा सरकार आफैं संलग्न छ: अध्यक्ष ओली

सुन काण्डमा सरकार आफैं संलग्न छ: अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब एक क्वीन्टल सुन प्रकरणमा सरकार आफैँ संलग्न रहेकोले छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउनु भएको छ। 

तुल्सीलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

सियो पनि छिराउन नसक्ने विमानस्थलबाट दिनको क्विन्टल सुन सरकारले सेटिङमा छिराएको अध्यक्ष बताउनुभयो। उहाँले भन्नभयो, ‘आमालाई ल्याइदिएको एउटा सिक्री खोसेर लान्छ, दिनको सय किलो सुन छिराउँछ।’ 

सुन तस्करी घटनामा सरकार आफैँ संलग्न भएको बताउँदै ओलीले त्यसको छानबिन आयोग बनाउन भन्दा सरकारले नमानेको ओलीले बताउनुभयो । भन्सारबाट त्यत्रो सुन छिर्दा थाहा नपाउने सरकारले छानबिन गर्न नसक्न उहाँले दाबी गर्नुभयो। त्यसैले निष्पक्ष छानबिन अयोग आवश्यक रहेको उहाँले बताउनु भयो । 

यस्तो अवस्थामा पनि नेपाली कांग्रेस पार्टी नबोलेको उहाँले बताउनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई क्विन्टलका क्विन्टल सुन तस्करी भएको थाहा छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो ।