अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् एमालेले अवरोध गरेको होइन, सरकारले नै रोक्न लगाएको हो: अध्यक्ष ओली

संसद् एमालेले अवरोध गरेको होइन, सरकारले नै रोक्न लगाएको हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाउनुभएको छ। 

बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गर्नु भयो।

उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद् बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद् बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गर्नुभयो । उहाँले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि ल्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताउनु भयो।

अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको बताउनु भयो।

उहाँले भन्नुभयो,  ‘हामी बाहेक अब अरूले देश चलाउनै सक्दैन। सकेन । १० टाउके हुँदा पनि चलाउन सकेनन् नि । त्यत्रो कोभिड हुँदा पनि हामीले देशलाई तहसनहस हुन दिएनौँ । छानबिन समिति बनाउन किन मान्दैन सरकार। हामी छानबिन समिति बनाउँदैछौं, छानबिन गर्दै हुनुहुन्छ। तर उहाँहरू आफैँ मुछिनु भएको छ। त्यो सिगरेट के जातिमा ल्याएको साँढे नौ किलो सुन जफत गरेर राखिएको थियो। सुन्छु अहिले– त्यो गोदामबाटै हरायो रे। चोरी भयो। अलिक वर्ष अगाडि टर्ली बसेको कार्यालयबाट १३ टन तामाको तार चोरिएको थियो। कत्रो कोट लगाएको आएको थियो होला, त्यत्रो १३ टन तार खोजीमा हालेर चो¥यो होला। सरकार नलागी चोरियो होला त्यो। त्यो १३ टन तामाको तार चोरी भएको थियो। टर्ली बस त्यसै गरी सिद्धिएको थियो। अब भन्सार किन राख्या त्यहाँ भन्या। खाली जनतालाई दुःख दिन राख्या ? त्यसो भएर त्यो साँढे नौ किलो सुन सुन्दै छु–चोरी भयो रे। नक्कली बजारको इलेक्ट्रिक चुरोट त्यो ल्याएर त्यस ठाउँमा राखिएको छ । केही पनि भेटिँदैन । किनभने सक्कली चोरी भयो, नक्कली त्यहाँ राखिएको छ। अब प्रधानमन्त्रीजी भन्नु हुन्छ– म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने ? गर्नुस् तपाईँहरू छानबिन। तर तपाईँहरूको छानबिन, तपाईँहरूको सरकार सञ्चालन भरपर्दो भएन। तपाईँहरूले भन्सार नियन्त्रण पनि गर्न सक्नु भएन, छेक्न पनि सक्नुभएन। त्यहाँ चोरी पैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईँहरूले देख्नु भएन । अनि तपाईँहरूबाट के आशा गर्नु ? तपाईँहरूलाई छानबिनबाट रोक्न खोजको होइन, गर्नुस् । अर्को निष्पक्ष त्यस्तो आयोग बनाऊ । जसले छानबिन गरोस् । उहाँहरू संसद्मा आवाज उठ्छ भनेर अस्तिका दिन संसद् चल्न दिनुभएन । किनभने सांसद बोल्छन् भनेर । हामीले संसद् चलाऊ भनेका छौँ । सांसदहरू बोल्नु हुन्छ । आवाजहरू उठाउनु हुन्छ । जनताको भनाई भन्नुहुन्छ। सांसदले बोल्न पाउनु¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दबाब दिन्छ कि तपाईँले सूचना टाँसेर संसद् रोक्नुस् भनेर । हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरूले बोल्न दिन चाहनु भएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाहिँदा बकवास अरूमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ । उसले भाषण गर्ने रे । अनि, सांसदहरूले बोल्न नपाउने रे । सांसदले प्रश्न गर्न पाउनु परेन ? सांसदले बोल्न पाउनु परेन। सांसद बोल्छन् भनेर सरकार संसद् चल्न दिँदैन । अनि बालुवाटारमा भएको सहमति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोडिदियो भन्ने हल्ला चलाउँछन् । गृहमन्त्रीले भाषण गरेपछि चलाउन दिन्छु भनेको थियो । गृहमन्त्रीको भाषण, त्यो पवित्र भाषण, त्यो मन्त्र, उनको त्यो कुरा सुनौँ, त्यति भएपछि सुनतुन जेसुकै होस् । सदन चलाउनुस्, गरिखानुस् भनेर आएको थिँए म ? यस्ता कुरा गर्ने ? गृहमन्त्रीलाई भाषण गर्न दिनुस् । भाषण गराइदिएपछि हामी चित्त बुझाउँछौँ, सदन चलाउँछौँ भनेर भनेको थियो केपी ओलीले भन्छन् । अचम्म लाग्छ ।’

अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताउनु भयो । त्यस अवसरमा उहाँले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने  बताउनु भएको थियो ।