अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीद्वारा शपथ

कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीद्वारा शपथ


विराटनगर-कोशी प्रदेशमा  मुख्यमन्त्री उद्धव थापाले सपथ लिएसँगै सानो मन्त्रिपरिषद् बनाएका छन् ।  मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन्।

त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् । सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि सपथ लिएका हुन् ।   मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।