काठमाडौँ-नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।






प्रतिक्रिया