अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको प्रश्न–नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेका हुन् 

महासचिव पोखरेलको प्रश्न–नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेका हुन् 


काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र सार्वजनिक यातायात सञ्चालन गर्न खोजेका हुन् भनेर प्रश्न गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमार्फत उहाँले नेपाली समाजमा अहिले रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यक रहेको बताउनुभएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनमा महिलाका लागि हिजोदेखि बस सञ्चालनमा ल्याउनुभएको थियो । त्यसको विरोध गर्दै महासचिव पोखरेलले चितवनका महिला जागरण र जागृतिको थलो भएको उल्लेख गर्नुभएको हो ।    

‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ’, उहाँले लेख्नुभएको छ’, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ ।’ 

महासचिव पोखरेलले चितवनबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गर्नुपर्ने बताउनुभयो ।