अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाखुसीबाट बेपत्ता भएका साजन मृत फेला

सामाखुसीबाट बेपत्ता भएका साजन मृत फेला


काठमाडौं-सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत फेला परेका छन्। 

बिहीबार अपराह्नमा १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका-७ स्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो।

उहाँका अनुसार मृतकको शव सनाखत भइसकेको छ।

मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो। 

काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएको थियो ।