काठमाडौं-करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बा रिहा भएकी छन्। भन्सार एजेन्ट समेत रहेकी रुक्मिना ‘जिम्मा जमानी’मा रिहा भएकी हुन्।
उनी क्यान्सर पीडित भएकोले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताउनु भयो। घाँटीको क्यान्सर पिडित रुक्मिनालाई किमो थेरापी गर्नुपर्ने देखिएपछि रिहा गरिएको उहाँले बताउनु भयो ।
त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पास भएर गेट बाहिरबाट बरामद गरिएको करिब सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा विभागले चिनियाँ र भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको छ।
प्रतिक्रिया