अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका सुवास कर्माचार्य पार्टीबाट निष्कासित

नेकपा एसका सुवास कर्माचार्य पार्टीबाट निष्कासित


नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीले निष्कासन गरेको छ।

सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरेको हो। 

पार्टीको नीति कार्यक्रम, सङ्गठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा कृयाकलाप गरि अनेकौं पटक सम्झाउँदा पनि पार्टी हित विरुद्ध गतिविधि गरेका कारणले उहाँलाई निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाबिरुद्धमा कृयाकलाप गरि पटक-पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिविधि गरेकोले पार्टीको साधरण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। पार्टीका सम्पूर्ण कार्यकर्तालाई उनको गतिविधिको भ्रममा नपर्न आह्वान गरिएको छ।’

कर्माचार्य शनिबार (साउन २०) नेकपा एमाले फर्कने तयारीमा रहेको स्रोतले बताएको छ।