झापा-कैदीहरुले जेलभित्र ढुंगामुडा र आगजनी गरेपछि झापाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु कारागार परिसरमा पुगेका छन्।
करिब १ हजार कैदी भएको पुरुष कारगारमा किन आन्दोलन भड्किएको हो भन्ने थाहा हुन सकेको छैन। कैदीहरुले नाराबाजी गरेको सुनिन्छ। आगजनी नियन्त्रण गर्न झापाका ३ वटा दमकल कारागारमा केन्द्रीत गरिएको छ। दमकलले कारागार पर्खालभन्दा बाहिर बाटै आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । कैदीहरु पर्खालमा चढेका कारण भाग्न सक्ने जोखिमलाई मध्यनजर गरेर कारागार वरिपरि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।





प्रतिक्रिया