अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापालाई एमालेको नमुना सङ्गठन भएको जिल्ला बनाउँछु : विशाल भट्टराई,इन्चार्ज झापा

झापालाई एमालेको नमुना सङ्गठन भएको जिल्ला बनाउँछु : विशाल भट्टराई,इन्चार्ज झापा


नेकपा एमालेले पार्टीका पदाधिकारी देखि केन्द्रीय सदस्यसम्मलाई साविक कार्यक्षेत्र भन्दा बाहिरका जिल्लामा इन्चार्जको जिम्मेवारी दिएर पठाएको छ । नयाँ कमाण्डरका रुपमा भूगोलमा गएका जिल्ला इन्चार्जहरूले आफ्नो काम अगाडि बढाएका छन् । जिल्लामा सदस्यता नवीकरणदेखि नयाँ भूगोलका कार्यकर्तासँग चिनजानमा पनि इन्चार्जहरू व्यस्त छन् । यसैबीच नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापाका गतिविधिबारे इन्चार्ज विशाल भट्टराईसँग यो बेला डट कमले गरेको कुराकानी-

तपाई झापाको इन्चार्ज भएर गएपछि के के काम गर्नुभयो ?
पार्टीले यसपटक पार्टीका नेताहरुलाई फरक फरक ठाउँमा जिम्मेवारी दिएर खटाएको छ । जसले गर्दा एमालेमा पुर्नताजगी होस् भनेर पार्टीको मनसाय हो । त्यसै अनुसार मलाई पनि झापामा खटाएको छ । त्यो ड्युटी पुरा गर्नको लागि म झापाको सचिवालयको बैठक, पार्टी कमिटीको बैठक सम्पन्न भएर कार्यायोजना निमार्ण गर्न कार्यदल बनाएको छ । कार्ययोजना निमार्णको काम धमाधम भइरहेको छ । झापा ठूलो जिल्ला पनि हो । ठूलो संख्यामा पार्टी सदस्य पनि छन् । पार्टीपंक्ती पनि एमालेमा ठूलो छ । कार्यक्षेत्र ठूलो छ । स्थानीय सरकार धेरै छन् । पार्टीका सबै क्षेत्रका कामहरुलाई सँगै गर्नका लागि लागिपरेका छौँ ।
तपाई झापामा कति समय बस्नुभयो ?
म झापा सुरुवातमा पार्टीको बैठकमा गए । त्यसपछि मदन भण्डारीको जन्मदिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा गए । त्यसपछि धान रोपाइँ कार्यक्रममा सहभागी भए । अब २० गते आयोजना हुने स्थानीय तहका जनप्रतिनिधिको परीक्षण कार्यक्रमको लागि तयारी गरिरहेको छु । यसभन्दा अगाडि केही कार्ययोजना बन्दै गरेकोले म त्यति धेरै बसिन । आज झापा जाँदैछु । अब यसपछि निरन्तर बस्नेछु ।
अब एमाले झापाको गतिविधिलाई कसरी अगाडि बढाउनुहुन्छ ?
झापाको गतिविधि पनि अन्य जिल्लाको जस्तै हुन्छ । झापाको गतिविधि अगाडि बढाउन मुलत तीन चार कुरामा हामीले ध्यान दिएका छौँ । पहिला तत्काल गर्नुपर्ने चाहिँ सदस्यता नवीकरणको काम, दोस्रो वार्षिक कार्ययोजना पास गर्नुपर्ने छ । यस्तै जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई समधुर बनाउने र एमालेबाट जितेको जनप्रतिनिधिको काम प्रभावकारी, जनमुखी र परिणाम मुखी बनाउनु कुरामा ध्यान दिन्छौँ । त्यसपछि सम्पूर्ण पार्टी कमिटी, जिल्ला कमिटी पालिका कमिटी, वडा कमिटी, टोल कमिटीको अधिवेशन सम्पन्न गर्छौ । त्यसपछि जनवर्गीय संगठनलाई व्यवस्थित गर्ने काम गर्छौ । जनतासँग पार्टीको सम्बन्ध समधुर बनाउन विभिन्न रचनात्मक काम, क्रियाकलाप, जनमुखी कार्यक्रमहरु सञ्चालन गर्छौ, भ्रष्टाचारविरुद्धको अभियान चलाउँछौँ । विभिन्न भेला गोष्ठीमार्फत समृद्धिका योजना निर्माण गर्छौ ।
समग्रमा झापा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको जिल्ला हो । त्यसैले अध्यक्ष कमरेडको जिल्लाको पार्टी नमुना हुनुपर्दछ । झापालाई देशकै एमालेको नमुना पार्टी संगठन भएको जिल्लाको रुपमा स्थपित गरेर मात्र म फर्कन्छु ।
तपाईलाई झापाको पार्टी सुधार गर्ने जिम्मेवारी पार्टील्े दिएको हो तर काठमाडौँमै बढी देखिनुहुन्छ किन ?
मेरो निर्वाचन क्षेत्र भएको जिल्ला खोटाङको काम काठमाडौँमा थुप्रै गर्नुपर्ने भएकाले म यतै व्यस्त भएको हुँ । काठमाडौँमा रहने खोटाङीहरुको बीचमा सबै जनसंगठनको भेला, सम्पूर्ण रुपमा पार्टीका पालिका स्तरीय भेला, सबै पेश व्यवसायीमा अबद्ध व्यक्तिहरुसँगको भेटघाट कार्यक्रमले तीव्रताका साथ अगाडि बढायौँ । किनभने योबेला भूगोलमा काम गर्न अलि कठिन छ । खेतीपातीको बेला छ । त्यसकारण गैर भौगोलिक क्षेत्रमा काम अगाडि बढाउने । अनुकूल समयमा भूगोलमा जाने हाम्रो परम्परा भएको कारणले पनि योबेला अलि खोटाङको काममा केन्द्रित भए । तर अब म सम्पूर्णरुपले झापामा केन्द्रित हुन्छु ।