जनकपुर- विद्यार्थीमा आँखा पाक्ने समस्या बढ्न थालेपछि सर्लाहीको हरिवन नगरपालिकाले चारदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
आँखा पाक्ने रोग नियन्त्रणको लागि निःशुल्क आँखा उपचार शिविरसमेत सञ्चालन गरेको हरिवन नगरपालिकाले आगामी सोमबारसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाको निर्णयअनुसार शुक्रबारदेखि सोमबारसम्म विद्यालयमा बन्द गरिएको हरिवन ८ स्थित महादेव जनता माविका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिनुभयो।
हरिवन नगरपालिका क्षेत्रमा आँखा पाक्ने समस्याबाट धेरै मानिस बिरामी परेका छन्। आँखा पाक्ने समस्याबाट विद्यालय जाने बालबालिका बढी पीडित बनेका छन्।
आफ्नो विद्यालयका ५० प्रतिशत बालबालिमा आँखा पाक्ने समस्या देखिएको प्रअ सिंहले बताउनुभयो।
प्रतिक्रिया