अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विदेश विभागको कार्यक्रममा अध्यक्ष ओलीको प्रश्न : देशको हितमा कुरा गर्न सकिदैन भने विदेश भ्रमण किन जाने ?

एमालेको विदेश विभागको कार्यक्रममा अध्यक्ष ओलीको प्रश्न : देशको हितमा कुरा गर्न सकिदैन भने विदेश भ्रमण किन जाने ?


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश हितका विषयमा कुनै कुरा गर्न नसकेको बताउनुभएको छ ।
आज पार्टीको विदेश विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले भ्रमणमा देश हितका पक्षमा केही गर्न नसकेको दोहोर्‍याएका हुन् ।

अस्ती भरखर प्रधानमन्त्री भारत जानुभो । कुन कुन सम्झौता गर्नुभयो केही बताउनुभएन । जे गर्नु पर्ने हो त्यो गर्नुभएन, अध्यक्ष ओलीले भन्नुभयो ुएपीजी प्रतिवेदन सम्बन्धनमा कुरा गर्नुपर्थ्यो । त्यसबारे कुरा गर्नुभएन । हाम्रो सीमाबारे कुरा गर्नुभएन । यस्ता थुप्रै कुराहरू भएनन् । नेपाली आवश्यकता र हित भएनन् । सत्ता स्वार्थ प्रधान भयो राष्टिय स्वार्थ प्रधान भएन ।


उहाँले छिमेकीसँगै सीमा समस्या हुने भन्दै समाधानका लागि खुलस्त कुरा गर्नुपर्ने समेत बताउनुभयो । सिमानाको समस्या छिमेकीसँगै हुन्छ । जापानसँग कसरी हुन्छ ? सीमा समस्या भारत र चीनसँग मात्रै हुने हो ? अध्यक्ष ओलीले भन्नुभयो हामीले हाम्रो छिमेकीलाई खुलस्त कुरा गर्नु पर्छ । मित्रसँग हामी बोल्न सक्दैनौँ भने के त्यस्तो सत्ता र सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने भ्रमण किन जाने ?