अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैदेशिक नीतिमा तटस्थता गुमाउनु हुँदैन: अध्यक्ष ओली

वैदेशिक नीतिमा तटस्थता गुमाउनु हुँदैन: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस युक्रेन युद्धमा नेपालले कसैको पक्ष लिन नहुने बताउनुभयो।
आज नेकपा एमालेको विदेश विभागले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा आलोचना गर्नुभयो ।

‘भारतलाई त्यो न्यूट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो’ उहाँले भन्नुभयो, ‘युद्ध नहोस् भन्ने कुरा भयो भने वार्ताबाट समाधान होस् भन्ने हुनुपर्छ। हामी एउटा पक्षमा लागेर, न्यूट्रालिटी गुमाएर कुराको छेस्कोले केही गर्न सक्दैनौँ ।’
अध्यक्ष ओलीले परराष्ट्र मामिलामा कम्तीमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताउनुभयो । तर प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको उहाँको टिप्पणी गर्नुभएको छ ।

‘अस्ति प्रमको भारत भ्रमणमा ईपीजीबारे कुरा नै उठाएनन् । नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ । कुरा नै उठाइएन । सत्ता स्वार्थ केन्द्रित भयो राष्ट्रिय हित केन्द्रित भएन । यसमा राष्ट्रिय सहमति हुनुपर्थ्यो । तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ । अन्यथा नेकपा एमालेलाई मान्य हुँदैन’ उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले नेपालको छिमेकी भारत र चीनमात्र भएकाले सीमा समस्या पनि यी दुई देशसँग मात्र हुन सक्ने बताए । यदि सीमा समस्या भएमा आपसी सहकार्यमा टुंग्याउनुपर्ने बताए ।

‘हामीले हाम्रा छिमेकीलाई स्पष्ट ढंगले भन्नुपर्छ, छिमेकी त्यसैमाथि मित्रसँग पनि कुरा गर्न सकिँदैन भने डेलिगेसन जानुको अर्थ के रह्योरु त्यसैले छिमेकीसँग हाम्रो न्यायोचित हितका लागि कुरा गर्न सक्छौं, सक्नुपर्छ’ उनले भने ।