अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार जति समयसम्म रहन्छ, देश बर्बादीको बाटोमा जान्छः गोकर्ण बिष्ट

वर्तमान सरकार जति समयसम्म रहन्छ, देश बर्बादीको बाटोमा जान्छः गोकर्ण बिष्ट


पोखरा-नेकपा एमालेका सचिव गोकर्ण बिष्टले बर्तमान सरकार जति समय रहन्छ, त्यत्ति नै मुलुक बर्बाद हुने ठोकुवा गर्नुभएको छ।

पोखरामा आजबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रचार तथा प्रकाशन बिभागको योजना तर्जुमा बिस्तारित बैठक एवं कार्यशालामा बोल्दै गण्डकीका इञ्चार्जसमेत रहनुभएका सचिव बिष्टले बर्तमान सरकार मुलुक बिरोधी रहेको तथ्य राख्नुभयो।

सचिव बिष्टले भन्नुभयो, ‘यो सरकार जती समय रहन्छ, त्यति नै देश बर्बाद हुन्छ। मुलुक झनझन परनिर्भर हुन्छ। यो सच्चाइलाई हामीले जनताको बीचमा स्थापित गर्नुपर्छ।’ उहाँले बिमानस्थलबाट सरकार आफै संलगन भएर सुन तस्करी भइरहेको तथ्य उजागर भएको भन्दै यो सरकार अबैध काममा लिप्त बनेका बताउनु भयो।

‘सुन तस्करीको घटनाको उच्चस्तरीय छानविन गर्न सरकार मानिरहेको छैन । तस्करीका मुख्य योजनाकारलाई जोगाउन र आफै संलग्न भएको कारण सरकार सुन तस्करीको उच्चस्तरीय छानविन गर्न मानिरहेको छैन,’ सचिव बिष्टले भन्नुभयो, ‘यसैबाट प्रष्ट हुन्छ कि सरकार आफै सुन तस्करीमा संलग्न छ भन्ने कुरा । कतै यो सरकार यी सम्भावित घटनाहरुसँग तर्सिएको त छैन ? उच्चस्तरीय छानविन गर्न नमान्नु भनेको आफै त्यो घटनामा संलग्न छु भन्ने प्रमाणित गर्छ ।’

उहाँले बर्तमान सरकार मुलुकको बैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहित गरिरहेको पनि बताउनु भयो ।