अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशीको इसारामा चलेर एमालेविरुद्ध घेराबन्दी गर्दैछन्: खगराज अधिकारी

विदेशीको इसारामा चलेर एमालेविरुद्ध घेराबन्दी गर्दैछन्: खगराज अधिकारी


पोखरा-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिन र बिदेशीको सेवा गर्ने समूहहरुले एमालेबिरुद्ध घेरावन्दी गरिरहेको बताउनु भएको छ।

पोखरामा आजबाट सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रचार तथा प्रकाशन बिभागको योजना तर्जुमा बिस्तारित बैठक एवं कार्यशालामा बोल्दै उहाँले यस्तो बनाउनु भएको हो।

उहाँले एमाले नेतृत्वको सरकारले गरेको कामलाई ढाकछोप गर्ने र मुलुकलाई बिदेसीको इसारामा चलाउन चाहनेहरुले गरिरहेको बताउनु भयो ।

‘बलियो राष्ट्रिय शक्ति बन्न नदिने अनेक चलखेलहरु भइरहेका छन्। देशको हितबाहेक सवै काम गर्नेहरु सत्तामा रहेको कारण अहिले मुलुकको हितमा सोच्नै नसक्ने सरकार छ, यस्को भण्डाफोर गरेर अव हामी सवै बोल्न थाल्नुपर्छ,’ अधिकारीले भन्नुभयो, ‘यो षडयन्त्रविरुद्ध जनतालाई सचेत बनाउन जरुरी छ। नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेरै देश र जनताको समस्या समाधान गर्नुपर्छ ।’