अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय समितीको बैठकमा प्रदेश समिती खारेजीको माग

माओवादी केन्द्रीय समितीको बैठकमा प्रदेश समिती खारेजीको माग


काठमाडौं – नेकपा माओवादीको केन्द्रीय कमिटी बैठकमा प्रदेश समितीको संरचना खारेजीको माग उठेको छ ।
कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गर्नुभएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा आज उहाँले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् ।
प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि केन्द्रले कार्यान्वयन नगरेकाले प्रदेश संरचनाको ओैचित्य पुष्टि हुन नसकेको नेम्वाङको भनाइ छ । ‘ मन्त्रिमण्डल गठन , विगठन, प्रदेश सरकार निर्माण लगायत बिषयमा मात्र होइन, आफ्नै प्रदेशबाट केन्द्रीय समितिमा प्रस्ताव गरिने नाम समेतमा प्रदेश कमिटीलाई अत्तोपत्तो नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम ?’ उहाँले प्रश्न गर्नुभयो ।

नेम्वाङ भन्नुुभयो ‘प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार नहुने भएपछि यसलाई खारेज गरौं ।’