अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजी क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन : एमाले सांसद साँवा 

निजी क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन : एमाले सांसद साँवा 


काठमाडौँ-नेकपा एमाले सांसद एलपी साँवाले निजी क्षेत्रलाई उपेक्षा गर्न नमिल्ने बताउनुभएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको  ‘सुन्ने कि थुन्ने ?’  अर्थ बहसमा बोल्दै सांसद साँवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले गरेको योगदानको उपेक्षा गर्न नमिल्ने बताउनुभएको हो । 

सांसद साँवाले नेपालको अर्थतन्त्रको आकार ५३ अर्ब ८१ अर्ब रहेकोमा निजी क्षेत्रको योगदान ४३ खर्ब ८८ अर्ब रहेको बताउँदै ८१.५ प्रतिशत योगदान रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रबाट ५५ लाख रोजगारी सिर्जना भएको भन्दै उहाँले भन्नुभयो,“उद्योग खुलेपछि त्यसमा राज्यको पनि २५ प्रतिशतसम्म हिस्सेदारी हुन्छ । उद्योगीले राज्यलाई आयकर बुझाइरहेका हुन्छन् भन्ने बुझाउन र बुझ्न जरुरी छ ।”

सांसद साँवाले यस्तो बहस देशभर गरिनुपर्ने भन्दै सामाजिक सञ्जाल र भर्चुअल दुनियाँमा देखिँदै गएको विकृतिको पनि नियमन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“विधि विधान मिचेको छ छैन, त्यो हेरिनुपर्छ । तर नाफा धेरै होइन बरु नाफामा पनि रोजगारी छ भन्ने बुझाउनुपर्छ ।”

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले निजी क्षेत्र भय र त्रासको अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान परिस्थिति कायम रहे देशबाट युवा पलायन भएजस्तै उद्योगी तथा व्यवसायी पनि पलायन हुन सक्छन् । राजनीतिक अवस्था परिवर्तन भएपनि आयातमुखी अर्थतन्त्रमा खासै परिवर्तन आउन सकेन । नयाँ कानुनी व्यवस्थाले उद्योग क्षेत्रलाई हतोत्साहित बनाउने छ । नाफा नकमाई कसरी औद्योगिक विकास हुन्छ ।”