अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकैबारीको तस्बिर पोष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो–हेर्दा साधारण लाग्ने तर मन पोलिरह्यो

मकैबारीको तस्बिर पोष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो–हेर्दा साधारण लाग्ने तर मन पोलिरह्यो


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा मकैबारीको तस्बिर सेयर गर्दै सो तस्बिरले मन पोलेको बताउनुभएको छ । केहीदिन अघि अगाडि गरेको पाेष्टमा आएको कमेन्टको तस्बिर सेयर गर्दै अध्यक्ष ओलीले हेर्दा तस्बिर साधारण लागेपनि  मन पोलेको बताउनुभएको हो ।   

उहाँले लेख्नुभएको छ, ‘कहिले काहीँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्बिर पनि आउँछन् । तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे । हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो । उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ- ‘यसबारे पनि केही बोल्नु’ ।’ 

यसको प्रतिक्रियामा अध्यक्ष ओलीले अवश्य बोल्ने र बोल्नै पर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘हो, अवश्य । बोल्नै पर्छ । बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पर्छ । तपाईँको जानकारीका लागि हामी सरकारमा रहेका बेला स्थानीय तह मार्फत यसको केही  सुरुवात पनि गरेका थियौँ, जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तरता दिँदै थप ध्यान दिनु आवश्यक छ । सबैलाई प्रतिक्रियाको लागि आग्रह गर्दछु । खगेन्द्र पाण्डेलाई धेरै धेरै धन्यवाद ।’