पथरी-सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको पथरी शनिश्चरे नगरपालिका कार्यसमितिको अध्यक्षमा युवराज बास्कोटा सर्वसम्मत चयन हुनुभएको छ ।
पालिका क्षेत्रका २८ वटा सामुदायिक विद्यालयबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष र एक जना अनिवार्य महिला सदस्यको सहभागिता रहेको नगर भेलाले बास्कोटाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।
भेलाका प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्बापोले सामुदायिक विद्यालयले समाजमा मुनाफारहित ढंगले अँध्यारोविरुद्ध अनवरत उज्यालो छर्ने काम गर्दै आएको बताउनुभयो ।
भेलामा मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंक गौतम, नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, श्री पञ्चायत माविका प्रधानाचार्य अर्जुनकुमार बुढाथोकी, पञ्चायत मावि व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, भागिरथ मावि व्यवस्थापन समिति अध्यक्ष पर्शुराम कार्की, वडाध्यक्षद्वय भीमकुमार राई र नवीनजंग कार्की, सुनाखरी मावि व्यवस्थापन समिति प्रदीपकुमार राईले कार्यक्रम भव्य र सम्भव सफलताको शुभेच्छा–सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया