अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारमा नहुँदा मुलुक संकटमा पर्‍यो : सचिव भट्टराई

एमाले सरकारमा नहुँदा मुलुक संकटमा पर्‍यो : सचिव भट्टराई


काठमाडौँ–नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले सरकारमा नहुँदा मुलुक संकटमा परेको बताउनुभएको छ ।

एमाले सर्लाहीले आयोजना गरेको आफ्नै साथी, आफ्नै पार्टी पुनर्मिलन कार्यक्रममा बोल्दै सचिव भट्टराईले एमाले सरकारमा नजाँदा देशले पाँच वर्ष त्यतिकै गुमाएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यो पाँच वर्ष हामीले गुमायौँ, एउटा अवसर गुमाएका छौँ ।’ 

सचिव भट्टराईले क्रान्तिकारी र अग्रगामी पार्टीले भविष्यतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । पाँच वर्षमा मुलुकले बेहोर्ने क्षति पूरा गर्नेगरी एमाले अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको गाडीमा ब्याक गियर छैन, नेकपा एमालेको गाडीमा अब फण्ट गियर मात्रै छ, नेकपा एमालेको गाडी अब अगाडि मात्रै बढ्छ, पछाडि हट्दैन ।’ 

सचिव भट्टराईले देशमा कमिसन र भ्रष्टाचार व्याप्त रहेको बताउँदै त्यसमा माओवादी पार्टीको नेतृत्व संलग्न रहेको  दाबी गर्नुभयो । मुलुकलाई अघि बढाउनु पर्ने ऐतिहासिक दायित्व छाडेर माओवादी सुन तस्करीमा लागेको उहाँले बताउनुभयो । 

सचिव भट्टराईले अवैध सुन प्रकरणको छानबिन हुँदा माओवादीका ठूला ठूला नेता फस्ने भएकाले माओवादी भागेको बताउनुभयो ।  नक्कली भुटानी शरणार्थी घटनामा मुछिएपछि एमालेले टोपबहादुर रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको बताउँदै उहाँले सो घटनामा मुछिएका बालकृष्ण खाँडलाई नेपाली कांग्रेसले चोख्याउने काम गरेको बताउनुभयो ।